बाँके र बर्दियामा छ जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज बाँके र बर्दियामा छ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाका एक /एक जना पुरुष, बर्दियाको मधुवन नगरपालिकाका दुई पुरुष, ठाकुरबाबा नगरपालिकाका एक महिला र गेरुवा गाउँपालिकाका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्