तपाईँ सुन्दै हुनुहुन्छः

यु–१९ एसिया कप  क्रिकेट : पाकिस्तानले नेपाललाई दियो २७६ रनको  लक्ष्य

काठमाडौँ । ओमानमा जारी यु–१९ एसिया कप  क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले  निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको हो । 

पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे ।  त्यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए । उनले छ चौका र तीन छक्का प्रहार गरे ।  हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए । 

नेपालका लागि बिपिन शर्माले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५८ रन खर्चेर तीन विकेट लिए । त्यस्तै सुशील रावलले दुई विकेट लिए भने सचिन भट्ट र अभय यादवले समान एक–एक विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङ उत्रेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button