तपाईँ सुन्दै हुनुहुन्छः

एसिया कप क्रिकेट: भारतलाई नेपालले दियो १२९ रनको चुनौती

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता (एसिसी)अन्तर्गत १९ वर्षमुनिको आज जारी खेलमा नेपालले भारतलाई जीतका लागि १२९ रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो । 

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए। उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आशिष लुहारले ४५ बलमा २९ रन जोड्दा निरजकुमार यादवले ४८ बलमा २० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङतर्फ भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अर्जुन राजपुतले ५.३ ओभरमा ८ रन दिँदै ३ विकेट हात पारे । शवीर गौडले २ विकेट लिए भने मनाल चौहान र काव्या परेश पटेलले समान १/१ विकेट लिए । भारत अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button