काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक
काभ्रे । बिपी र अरनिको राजमार्गलगायत मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले तिहार पर्वलाई लक्षित गर्दै रोक लगाएको हो । तिहारका बेला सडकमा हुने सवारी चाप तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गरी यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला सुरक्षा समितिको २०८३ कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार कात्तिक २२ गते बिहान ५ः०० बजेदेखि कात्तिक २६ गते बेलुका ९ः०० बजेसम्म जिल्लाभित्रका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो । रासस








प्रतिक्रिया राख्नुहोस्