‘कानून र नियमहरु संविधान विपरीत बन्नु हुँदैन’
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नागरिकताका विषयमा नेपालको संविधान २०७२ ले व्यवस्था गरे विपरीत कानून निर्माण गर्न खोज्नु संविधानको उल्लङ्घन हुन्छ भन्ने पार्टीको धारणा रहेको बताउनुभएको छ ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा काँग्रेसका जिल्ला सभापतिसँग आज गरिएको भर्चुअल अन्तरसंवादमा प्रतिष्ठानका प्रमुख समेत रहनुुभएका उपसभापति निधिले कानून र नियमहरु संविधान विपरीत बन्न नहुन बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्