लगानीकर्ता संघ संगठन शेयर बजार सुचारु गर्नुपर्ने पक्षमा
धितोपत्र बजारका पाँचै वटा लगानीकर्ता संघ संगठनहरु शेयर बजार सुचारु गर्नुपर्ने पक्षमा देखिएका छन् ।
शुक्रबार नेपाल धितोपत्र बोर्डको कार्यलयमा भएको छलफलमा पाँचवटै लगानीकर्ताहरुले बजार खोल्नुपर्ने बिषयमा ऐक्यबद्धता जनाएका हुन् ।
लगानीकर्ताहरुले नेप्सेको अनलाईन कारोबार प्रणालीमा केही सुधार भएको र विद्यमान अवस्थामा युजरनेम र पासवर्ड प्राप्त गर्ने, नेपाल क्लियरीङ हाउसको कनेक्ट आइपीएस सेवा वा उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने सकिने अवस्था रहेको जनाएका छन् ।
छलफलमा सिडिएससि एण्ड क्लियरीङले तोकेको बैंकको इन्टरनेट बैंकिङ सेवा तथा मेरो शेयर प्राप्त गरेपश्चात ग्राहकले घरमै बसेर शेयर अनलाइन मार्फत कारोबार गर्न सकिने र अनलाइनबाटै नगद भुक्तानी र प्राप्त गर्न सकिने भएकाले बजार सञ्चालन गर्न सकिने जनाइएको छ ।
छलफलपछि संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सबै लगानीकर्ताहरुले दोस्रो बजारको कारोबार सञ्चालन गर्न ऐक्यबद्धता जनाएको उल्लेख छ ।
साथै लगानीकर्ता संगठनहरुले आफ्ना सदस्यहरुलाई यस महामारीको अवस्थामा घरमै बसेर कारोबार गर्न प्रोत्साहन गर्न सुझाव दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्