तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल : चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो ।

उसका लागि मध्यक्रमका ब्याटर रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले । यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५र१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।

सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान एक एक विकेट लिए । जारी प्रतियोगितामा अहिलेसम्म चितवन अपराजित छ । उसले दुई खेल खेल्दा एकमा जित र एक खेलमा अङ्क बाँडेको छ । उता सुदूरपश्चिमले तीन खेलमध्ये दुईमा हार र एक खेलमा मात्र जित निकालेको छ । 

आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाण्डु गोर्खाजले चार विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button