तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलकुद : कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पर्धामा

कञ्चनपुर । आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका २३ वटा खेल विधामा ८४० जना खेलाडीले छनोटका लागि फारम भरेका बताउनुभयो । “२३ वटा खेलमा ८४० जना खेलाडीले फारम भरेर खेल तयारीमा जुटेका छन्”, उहाँले भन्नुभयो, “जिल्लाबाट प्रतिस्पर्धामार्फत ११५ जना छनोट हुनेछन् ।” 

समितिले मङ्गलबारदेखि जिल्ला छनोट गर्ने तयारी गरेको उहाँले बताउनुभयो । कञ्चनपुरमा बक्सिङ, कराते, तेक्वान्दो, कुस्ती हक्की, भारोत्तोलन, फुटबल, खोखो, क्रिकेट, टेबल टेनिस, उसु, कबड्डी, र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button