तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल : पोखराले टस जितेर जनकपुरलाई दियाे ब्याटिङको निम्तो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिताअन्तर्गत आज पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा पोखरा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्र्दैँछ ।

जारी प्रतियोगितामा जनकपुरले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । यता पोखराले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button