तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ५ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगन्ज  । बाँकेमा आज थप ५ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।

बैजनाथ गाउँपालिकाको आइसोलेसनबाट चार  जना र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट एक  जना गरी पाच जना निको भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई सय ९६ पुगेको छ ।

बाँकेमा हालसम्म तीन सय ५० जनामा सङ्क्रमण हुँदा दुई जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button