तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातपछि बेपत्ता भएका युवक मृत फेला

बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका दर्शनका क्रममा भारी हिमपातपछि सम्पर्कविहीन बनेका एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका, दैजी घर भएका २० वर्षीय मनिष बोहरा रहेका छन्। उनी शुक्रबारदेखि बडीमालिका क्षेत्रबाट सम्पर्कविहीन भएका थिए। मौसममा आएको तीव्र बदलीसँगै उच्च हिमाली क्षेत्रमा परेको बाक्लो हिमपात र अत्यधिक चिसोका कारण उनी बाटोमै फसेको अनुमान गरिएको छ। 

खोजी तथा उद्धारमा खटिएको टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो। घटनाबारे थप अनुसन्धान तथा शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। शनिबार सोही क्षेत्रमा अलपत्र परेका कञ्चनपुरका २१ वर्षीय सागर कार्कीको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button