सत्याग्रहको तेस्रो दिन डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै
इलाम । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा २५औँ पटक सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा जटिल बन्दै गएको छ।

इलामको नारायण स्थान मन्दिर परिसरस्थित भवनमा सत्याग्रहमा बस्नुभएका डा. केसीको स्वास्थ्य परीक्षण इलाम अस्पतालको प्राविधिक टोलीले निरन्तर गरिरहेको छ।
इलाम अस्पतालका प्रमुख डा. अमिताभ ठाकुरका अनुसार डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। उहाँको मुटुको धड्कन कम हुँदै गएको र शरीरमा ग्लुकोजको मात्रा घट्दै गएको डा. ठाकुरले जानकारी दिनुभयो।
सत्याग्रहको तेस्रो दिनसम्म आइपुग्दा पनि राज्य पक्षबाट माग सम्बोधनका लागि आवश्यक पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्।
इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले डा. केसीको स्वास्थ्य परीक्षण निरन्तर भइरहेको जानकारी दिनुभयो। चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका माग राख्दै डा. केसीले इलामबाट आफ्नो २५औँ सत्याग्रह सुरु गर्नुभएको हो।








प्रतिक्रिया राख्नुहोस्