सुर्खेत खण्डको कर्णाली राजमार्ग सुचारु
सुर्खेत । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत बराहताल गाउँपालिका–७, औलिसेमा खसेको पहिरो पन्छाएपछि सडक यातायात पुनः सुचारु भएको छ ।

अर्णव चक्रवातको प्रभावका कारण भएको भारी वर्षाले गर्दा उक्त स्थानमा पहिरो खस्दा गए रातीदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । सडक डिभिजन कार्यालयले डोजर तथा आवश्यक मेसिनरी परिचालन गरी पहिरो हटाएपछि सवारी साधनहरू पुनः आ–आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् ।
पहिरो हटाइए पनि कतिपय अवस्थामा सडक एकतर्फी मात्र खुल्ने, हिलाम्मे हुने, पहिरो खस्ने जोखिम कायमै रहेकाले सवारी चालक तथा यात्रुहरूलाई उच्च सावधानी अपनाएर यात्रा गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले आग्रह गरेको छ । कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्