‘विकास र समृद्धिका लागी परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विकास र समृद्धिका लागी परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।

धनगढीमा ११औँ अनुसन्धान तथा प्रशिक्षण परिषद्को बैठकलाई सम्बोधन गर्नुहुँदै गर्दै मुख्यमन्त्री भट्टले नवीनतम सोच र नवप्रवर्तन कार्यक्रम मार्फत सुदूरपश्चिमलाई समृद्ध, समुन्नत प्रदेश बनाउन सकिने विश्वास ब्यक्त गर्नुभयो ।
राज्य सञ्चालन र विकासको विद्यमान कार्य संस्कृतिमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले अनुसन्धानलाई तथ्यमा आधारित, परिणाममुखी र उपलब्धिमूलक बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले नवीन सोच कार्ययोजनाले विकासको प्राथमिकता निर्धारण गरि उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको विकास, समृद्धि र रूपान्तरणका लागि अनुसन्धान, प्रशिक्षण तथा कार्ययोजना कार्यान्वयनलाई एकीकृत रूपमा लैजानु पर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्