तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोरोना संक्रमितको संख्या ११२ पुग्यो

अछाम ।अछाममा बिहीबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शंकास्पद व्यक्तिको स्वाब परिक्षणका क्रममा १० जना पुरुष र ४ जना महिलामा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

आज नयाँ संक्रमित थपिनेमा मंगलसेन नगरपालिकाका पाँच जना, पन्चदेवल बिनायक नगरपालिकाका एक जना, मेल्लेख गाउँपालिकाका आठ जना र साँफेबगर नगरपालिकाका एक जना गरि १४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

पञ्चदेवल विनायक नगरपालिकामा संक्रमित भेटिए संगै अछामका १० वटै स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । यो संगै जिल्लामा संक्रमित व्यक्तिको संख्या एक सय नाघेको छ ।

बुधबार २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि ९८ जना संक्रमित पुगेको अछाममा अब एक सय १२ जनामा कोरोना भाईरस देखिएको छ ।

जिल्लामा संक्रमित मध्ये ११ जना निको भई घर फर्केका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button