तपाईँ सुन्दै हुनुहुन्छः

बेलहिया भन्सारबाट लकडाउनको अवधिमा डेढ अर्ब बराबरको तरकारी र फलफूल आयात

रुपन्देही । रुपन्देहीको बेलहिया भन्सारबाट लकडाउनको अवधिमा डेढ अर्ब मूल्य बराबरको तरकारी र फलफूल आयात भएको छ ।

चैत ९ गतेदेखि जेठ ३२ गतेसम्म सो भन्सारबाट १ अर्ब ४८ करोड ७० हजार ७२ हजारको तरकारी तथा फलफूल भारतबाट आयात भएको हो । फलफुल र तरकारी आयातबापत सरकारको राजश्व खातामा १६ करोड ६९ लाख १५ हजार रुपैयाँ दाखिला भएको भन्सार कार्यालयले जनाएको छ ।

यो अवधिमा सुख्खा प्याज मात्र ५१ करोड ७९ लाख ४५ हजार मुल्यको आयात भएको थियो । त्यस्तै आलु २७ करोड ८२ लाख ५७ हजार मुल्यको आयात भएको छ । ११ हजार ९३ मेट्रिक टन आलु आयात हुँदा राजश्व भने २ लाख ९७ हजार ४१ हजार संकलन भएको छ । त्यसपछि भारतबाट लकडाउनको अवधिमा केराको आयात तेस्रो बढीको सूचिमा रहेको छ । बेलहिया भन्सार कार्यालयका सूचना अधिकारी पुर्ण लम्सालले जानकारी दिनुभयो ।

आलु, प्याज, केरापछि भन्सारबाट सवैभन्दा बढी आयात कागती भएको छ । ९ करोड ८४ लाख ५४ हजार मूल्यको १२ सय ३७ मेट्रिक टन कागती आयात भएको लम्सालले जानकारी दिनुभयो । त्यस्तै तरबुजा ७ करोड ७५ लाख ७८ हजार मुल्यको २९ सय २१ मेट्रिक टन, मेवा ५ करोड ८८ लाख ७ हजार मुल्यको १६ सय ७८ मेट्रिक टन आयात हुँदा ६३ लाख ४२ हजार राजश्व जम्मा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button