तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँ । तनहुँका थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ७ जना पुरुष र २ जना महिलामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका ३१, ४४, २२, ५३, ४५, २० र २९ वर्षका पुरुष त्यस्तै २३ र ३४ वर्षका महिलामा संक्रमण पुष्टि भएको हो ।

उहाँहरु सबै गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा पठाउने तयारी भईरहेको म्याग्दे गाउँपालिकाले जनाएको छ ।

म्याग्दे गाउँपालिकाको वडा नम्बर ७ स्थित ३ वटा क्वारेन्टाइनमा बसेकाहरुमा आज बिहिबार एकैदिन संक्रमण पुष्टि भएको हो ।

म्याग्दे-७ स्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनका ६ जना, मिलिजुली आधारभूतका २ जना र सरस्वती आधारभूतका १ जना गरि कुल ९ जनामा कोरोना संक्रमण पुष्टि भाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिनुभयो ।

उनीहरु सबै संक्रमित भारतबाट आएका हुन । गत असार ४ गते उहाँहरुको थ्रोट स्वाब लिइएको थियो । तनहुँको म्याग्दे गाउँपालिकामा पहिलो पटक संक्रमण देखिएको हो ।

आज बिहिबार पुष्टि भएका कोरोना संक्रमितलाई दमौलीको आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा राख्ने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

‘हामि संक्रमितहरु लाई लिन जादै छौ ।’ प्रमुख घिमिरेले भन्नुभयो ‘सबैलाई दमौलीको आइसोलेसनमा लैजाने तयारी हुदैछ ।’

योसंगै तनहुँमा संक्रमितको संख्या १ सय पुगेको छ । जसमध्ये ९ जना निको भएर घर फर्किसक्नु भएको छ ।

 

तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित

गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १०० जना पुगेको छ भने ९ जना निको भएर घर फर्किसक्नुभएको छ ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button