तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्रीसँग कोरियाली राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि गणतन्त्र कोरियाका  राजदूत जेक्युङ पार्कले उहाँको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button