तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

सिन्धुरे घारीबाट चन्द्रपुरतर्फ आउँदै गरेको म.प्र.०३–००१ क २८७८ नम्बरको मुनलाइट एकेडेमीको स्कुल बसले आज बिहान करिब ११ बजे घरअगाडि सडक छेउमा खेलिरहेकी महिमा चौधरीलाई ठक्कर दिएको थियो ।

चन्द्रपुर नगरपालिका–८ मोतीपुर निवासी सिकेन्द्र चौधरीकी छोरी महिमाको बसको ठक्करबाट टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कुल बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ । यस्तै, बस चालक चन्द्रपुर नगरपालिका–४ निवासी कान्छा राईलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button