तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाईकल सहित चोरी गर्ने गिरोहलाई पक्राउँ


बारा । ईलाका प्रहरी कार्यालय सिमरा बाराले मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउँ गरेको छ । पक्राउँ पर्नेमा बारागढी गाउँ पालिका वडा नं.१ बस्ने बर्ष २० को क्रसाम चौधरी र बर्ष १८ का अरुण चौधरी ,कोल्हबी नगरपालिका वडा नं.५ बस्ने बर्ष १९ का बृज किशोर चौधरी र बर्ष २१ का दिलीप चौधरी रहेका छन् ।

यी चारै जनालाई प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित नेपाल दुरसञ्चार अगाडिको गेटबाट पक्राउँ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुल असार साँत गते बिरगंज महानगरपालिका वडा नं.९ रानीघाट बस्ने प्रिन्स कुमार गुप्ताको घर अगाडि पार्किङ गरी राखिएको ना. ५१ प ९३९४ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकल चोरेका थिए ।

बिशेष सुचनाको अधारमा गएको प्रहरीको टोलीले मोटरसाईकल बिक्रि गर्न आएका चारै जनालाई एकै साथ पक्राउँ गरेको थियो । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button