स्याङ्जामा कोरोनाबाट दोस्रो व्यक्तिको निधन
स्याङ्जा । स्याङ्जामा कोरोनाका कारण दोस्रो व्यक्तिको निधन भएको छ । यहाँ व्यापार गर्दै आएका व्यापारीको कोरोनाका कारण निधन भएको हो । अर्जुनचौपारी गाउँपालिका ४ राम्चेका ५५ बर्षिय पुरुषको पोखरा क्षेत्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ति व्यक्तिले आँधीखोला गाउँपालिका १ पञ्चमुलमा किराना र खाजाको पसल गर्दै आएका थिए । ज्वरो आएपछि असार ७ गते फेवा सिटीमा अस्पताल गएका ति पुरुषको गण्डकी अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि भेन्टिलेटरमा राखेर असार ८ गतेबाट उपचार गरिएको थियो ।
यसअघि पनि स्याङ्जाका एक पुरुषको निधन भईसकेको छ । यसअघि स्याङ्जा वालिङ १३ का ५८ वर्षका पुरुषको जेठ २५ गते क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । उनी उपचारका लागी भारत गएर आएका थिए भने दोस्रो निधन हुने व्यक्तिमा कोरोना कसरी लाग्यो भन्ने स्रोत पत्ता लागेको छैन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माका अनुसार सक्रमित व्यक्ति कोरोना पुष्टी भएसंगै भेन्टिलेटरमा रहेकाले कन्ट्याक्ट टे«सिङमा समस्या भएको हो । मृतक पुरुषले स्याङ्जाको पुतली बजारबाट समाग्री लैजाने गरेका थिए । उनी महिना दिनदेखि ब्यापारीक काम बाहेक अन्य कामको लागि बाहिर नगएकोे परिवारले जनाएको छ ।
सुगर र उच्च रक्तचापका बिरामी रहेका उनी आमा रहेको घरमा असार ३ गते मात्र बाबुको श्राद्धमा पुगेको भाई बिक्रम चापागाईले जानकारी दिनुभयो ।
समुदायस्तरमा यसअघि अर्जुनचौपारी र आँधीखोला गाउँपालिकामा कसैमा कोरोना पुष्टी नभएकाले स्रोत पत्ता लगाउन कठिन भएको हो । मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका आँधीखोलाका र अर्जुन चौपारीका ३५ जनाको विवरण तयार भएको स्वाब लिएर परीक्षण गरिने प्रमुख शर्माले बताउनुभयो ।
अहिले सम्म उहाँको प्रत्यक्ष सम्पर्कमा आएका घरपरिवार, छिमेक, नातागोता र बाबुको श्राद्धमा आएका पण्डित सहितका परिवारलाई अर्जुन चौपारी ३, ४ र आँधीखोला १ का एक सय भन्दा बढिलाई होम क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा भारतबाट आएका मध्ये ४ जनालाई कोरोना देखिएको छ । गल्याङका २, चापाकोटका १ र निधन हुने व्यक्ति रहेका छन् । यसअघि पुष्टी भएका गल्याङका दुई जना क्वारेन्टाईन सफा गर्ने काम गर्दै आएका थिए भने चापाकोटका एम्बुलेन्स चालक हुन् ।








प्रतिक्रिया राख्नुहोस्