बूढीगण्डकी बाढीप्रति काँग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ ।
सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको उल्लेख गर्दै उहाँले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नसमेत अनुरोध गर्नुभयो ।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले काँग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्नुभयो।





प्रतिक्रिया राख्नुहोस्