तपाईँ सुन्दै हुनुहुन्छः

नाल्मा गैरीगाउँमा एक घर एक धारा  

लमजुङ  ।  बेँसीशहर नगरपालिका –५ नाल्मा गैरीगाउँमा एक घर एक धारा जडान गरिएको छ । नगरपालिकाले सो अभियानलाई तीव्रता दिँदै ४२ घरधुरी रहेको नाल्मा गैरीगाउँमा घरघरै धारा पु¥याएको छ ।

एक घर एक धारा खानेपानी आयोजनाको बुधबार उद्घाटन गर्दै नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खानेपानीको अभाव र समस्या भएका सबै ठाउँमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

वडाध्यक्ष अध्यक्ष बमबहादुर गुरुङले घरघरमै धारा जडानले वडाबासीको समय बचत हुनाका साथै सहज बनाएको बताउनुभयो । पहिला सार्वजनिक धारामा सबै गाउँलेले पालो कुरेर पानी भर्ने गरेकामा अहिले घरमै धारा जडान गरेर पानी प्रयोग गर्न पाउँदा धेरै खुशी लागेको स्थानीयवासी मनराज परियारले बताउनुभयो ।

नगरपालिकाले चालु वर्षको बजेट रु आठ लाख र श्रमदान रु दुई लाख ८१ हजार बराबर गरी रु १० लाख ८१ हजारमा गैरीगाउँमा घरघरमै खानेपानीको धारा पु¥याएको हो । एक घर एक धारा अभियानबाट ४२ घरपरिवार लाभान्वित भएका छन् ।

उक्त वडामा गत वर्ष दलितबस्तीका १९ घर र घरेडीकोँका नौ घरमा एक घर एक खानेपानी जडान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button