तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा दशौँ राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियोगिता सुरु

जुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरर्गत जम्ला जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लामा मङ्गलवारदेखि खेलाडी छनोट प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानले उद्घाटन गर्नुभयो । आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट अब्बल खेलाडी पठाउन छनोट प्रतियोगिता सुरु गरिएको खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताउनुभयो ।

छनोट प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बुद्धिचाल, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, उसु, बास्केटबल, फुटबल, कबड्डी, भलिबल र ह्यान्डबल लगायतका विद्यामा  महिला तथा पुरुष खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकासका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button