तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा पिसिआर मेशिनबाट स्वाब परीक्षण शुरु

दैलेख । कर्णाली प्रदेशको दैलेखमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएसंगै कोरोना परीक्षणका लागि जिल्लामै आज (वुधवार) बाट स्वाब परीक्षण शुरु गरिएको छ ।

गत जेठ ६ गते दैलेख ल्याईएको पिसिआर मेसिनबाट स्वाब परीक्षण गर्न आज नै औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले एक कार्यक्रमकाविच दैलेख सदरमुकाममा रहेको स्वाब परीक्षण केन्द्रको उद्घाटन गर्नुभएको हो । नेपालमा जिल्लाका लागि पिसिआर मेशिन जोडिएको दैलेख मात्र हो ।

एक करोड ६ लाखको लागतमा ल्याईएको मेशिन दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमबाट ल्याईएको बताईएको छ । दैलेख क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि दैलेखी जनताको स्वास्थ्यको ख्याल राख्दै मेशिन ल्याइएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा संक्रमणको जोखिम बढेको र परिक्षण गर्ने मेशिन कम भएकाले कोरोना परिक्षणको रिपोर्ट ढिलो आउने गरेकाले दैलेखमा मेशिन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार केन्द्रिय निर्देशक समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट एक हजार किट र पिसिआर मेशिन ल्याईएको हो ।

मेशिन जडानपछि अब दैनिक सय भन्दामाथिको परीक्षण हुने र स्वाब परीक्षणका लागि जुम्ला र सुर्खेत पठाउनुपर्ने वाध्यता टरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

पिसिआर मेशिनबाट स्वाब परीक्षण अहिले सयभन्दा माथि भएपनि थप सामग्रीबाट यसको दायरा बढाउन सकिने स्वास्थ्यकर्मीले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button