तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको फालासैनमा जिप दुर्घटना, १४ जना घाइते 

बाजुरा । बाजुरा बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुर्घटनामा परी १४ जना घाइते भएका छन ।

फालाशैन बजारबाट सेरा बजार आउन लागेको जिप फालाशैनमै दुर्घटना भएको स्थानीय भरत बुढाले जानकारी दिनुभएको छ । घाइते १४ जना मध्य ३ जनाको अवस्था गम्भीर रहेको बुढाले बताउनुभयो ।

घाइते सबै जनालाई मेडिकलमा सामान्य उपचार पछि अछाम स्थित बयालपाटा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button