तपाईँ सुन्दै हुनुहुन्छः

संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ : रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गनुभयो । उहाँले भन्नुभयो, “जसले गणतन्त्र ल्याउन जुन भूमिका खेल्यो, अब यो देश बनाउन पनि अवश्य भूमिका खेल्नेछ।”

संस्थापक नेता चौधरीले संविधान निर्माणमा नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै काँग्रेसमा आएको परिवर्तनले आफूमा विश्वास जागेको बताउनुभयो । उहाँले संविधानमा थारूलगायत समुदायका अधिकार लेखिए पनि व्यवहारमा अधिकार नदिइएको गुनासो समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button