तपाईँ सुन्दै हुनुहुन्छः

भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार समर्पण

काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन प्रतिष्ठित पुरस्कार आज समर्पण गरिएको छ।

भैरव पुरस्कार गुठीले प्रदान गर्दै आएका भैरव पुरस्कार, भैरव वाङ्मय पुरस्कार र भैरव प्रतिभा पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले जोरपाटीमा आयोजित कार्यक्रममा समर्पण गर्नुभयो।

वरिष्ठ हास्यव्यङ्ग्यकार आर. सी. रिजाललाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको भैरव पुरस्कार र त्यति नै राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिएको छ ।

त्यसैगरी हास्यव्यङ्ग्यकार देवीप्रसाद चापागाईँलाई ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button