तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धबाबामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका गुल्मी छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका अन्दाजी ४७ वर्षीय नवराज पन्थको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भिमलाल भट्टराईले बताउनुभयो ।

आज दिउँसो करिब १ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा आफैँ अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल तिनाउ खोलामा खसेको थियो ।

प्रहरीले घाइते पन्थको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो । पन्थको उपचारकै क्रममा आज दिउँसो करिब ३ बजे मृत्यु भएको प्रहरी जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button