तपाईँ सुन्दै हुनुहुन्छः

साँफे-मार्तडी सडक खण्ड अवरुद्ध

बाजुरा –   लगातारको वर्षाले साँफे- मार्तडी सडक खण्डको ठाउँ ठाउँमा पहिरो आएपछि मङ्गलवार रातिबाट सडक अवरुद्ध भएको छ ।

सडकको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।

पहिरोले बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, अम्कोट, तिपाडा, लगायतका ठाउँमा सडक अवरुद्ध गरेको हो।

सडकको माथि र तलबाट पहिरो गई सडक भासिएको तथा द्वारिमा पहिरो गएपछि बुधवार बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन बडिमालिका नगरपालिका र सडक डिभिजन साँफेलाई अनुरोध गरिसकेकाले छिट्टै यातायातका साधन सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button