तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी कार्यालयमा दुई सिफ्ट सेवा प्रभावकारी भएन

सल्यान । सरकारी कार्यालयमा दुई सिफ्टबाट सेवा प्रभाव गर्ने भने पनि सल्यानमा पनि सेवा प्रभावकारी देखिएको छैन ।
सरकारले कोरोना भाइरसका कारण सरकारी सेवा दुई चरणमा प्रवाह गर्ने घोषणा गरेपनि सेवाग्राही नआउदा प्रभाकारी नभएको हो ।

सार्वजनिक सवारी साधनहरु सञ्चालनमा नआएपछि सेवा ग्राही पनि नआएको सरकारी कार्यालयका प्रमुखहरुको भनाई छ । कृषि कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले १० वजे पछि मात्र सेवाग्राही सेवा लिनका लागि कार्यालय आउने गरेको वताउनुभयो ।

कार्यालय विहानै खुल्ला गरेपनि सेवा ग्राही भने १० बजेपछि मात्र आउने गरेको उनको भनाई छ । उहाँले भन्नुभयो ‘सार्वजनिक सवारी यातायातका साधन नखुल्दा अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् ।’
जग्गा किनवेचका,अंशवण्डा र नामसारी लागि भीडभाड हुने मालपोत कार्यालय पनि आजभोली सुनसान नै छ । बिहान भन्दा दिउँसोमा सेवा लिन सेवाग्राही दैनिक १०/१५ जना आउने गरेको मातपोत कार्यालय सल्यानले जनाएको छ ।
मालपोत कार्यालय सल्यानका प्रमुख महादेव कसाईले विहानको सममा कोहीपनि सेवा लागि नआएको वताए । मानिसमा कोरोना भाइरसको त्रास रहेकाले फाटफुट बाहेक साविकको जस्तो चाम नभएको बताए ।

यस्तै सेवाग्राहीको धेरै भिडहुने नापी कार्यालय पनि सुनशान प्राय नै रहेको छ । बिहानी चरण भन्दा दिउसोको समयमा केही सेवाग्राही सेवा लिन आउने गरेको कार्यालयको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल सरकारी कार्यालय विहान ८ वजे नै खुल्ला गरेको वताए । सवै कार्यालय खुल्ला गरी कर्मचारी ब्यवस्थापन गरेको भएपनि सेवाग्राही नआएको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button