तपाईँ सुन्दै हुनुहुन्छः

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, अध्यक्ष ओलीद्वारा झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको निधन भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बस्नेतको बुधबार साँझ निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित भई उपचाररत हुनुहुन्थ्यो ।

बस्नेत पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुनुहुन्थ्यो । उहाँले लामो समय नेकपा एमालेमा रहेर राजनीति गर्नुभएको थियो । त्यसपछि नेकपा एकीकृत समाजवादी हुँदै उहाँ नेकपामा आबद्ध हुनुभएको हो ।

वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिनुभएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक हुनुहुन्थ्यो । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन तथा राजनीतिक संघर्षका क्रममा उहाँले करिब १७ वर्ष जेल जीवन बिताउनुभएको थियो ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवङ्गत नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले बस्नेतको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button