तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य प्रतितोला ४ सय घट्यो

काठमाडौं । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य मंगलवार प्रतितोला ४ सय रुपैयाले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा मंगलवार सोही परिमाणको सुनको मूल्य ९० हजार ६०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी मंगलवार प्रतितोला ९४० मा किनबेच भयो ।

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो ।

लकडाउन खुकुलो भएपनि वीरगञ्जका सुनचाँदी पसलहरुमा ग्राहकहरु किन्ने भन्दा पनि विक्री गर्नेहरु आउनेहरुको भिड बढेको व्यवसायीहरुले बताएका छन् ।

बिहेवारी रोकिएको र दिनप्रतिदिन सुनको भाउ बढदै गएपछि ग्राहकहरु पसलमा सुनचाँदी खरिद गर्न भन्दा पनि विक्री गर्न आउने गरेका छन् ।

ग्राहकहरु सुनचाँदीको पसलमा आउने क्रमले तीव्रता पाएको र उनीहरु किन्ने नभई, बेच्न आउने गरेको नेपाल सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष नीरज सर्राफले जानकारी दिनुभयो ।

अहिले लकडाउन हटेर पसल खुल्दा वीरगञ्जमा प्रतितोला सुन रु ९१ हजार ३ सय तोकिएको छ ।

काठमाडौंमा ९० हजार ६ सय प्रतितोला रहेको सुन वीरगञ्जमा ९१ हजार ३ सय रुपैया रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button