तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रेलियामा रहेका नेपालीहरु फर्किए

भुवनप्रसाद आचार्य । अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सरकारले चार्डर उडान मार्फत आज नेपाल ल्याएको छ ।

क्यानवेरास्थित नेपाली दुतावासको समन्यवमा सिडनी तथा त्यस वरपर अप्ठयारोमा परेका नेपाली विद्यार्थीहरु र नेपाली अभिभावकहरु गरी २ सय ५९ जनालाई लिएर नेपाल एयरलाइन्सको जहाज नेपालका लागि उडेको हो । जहाज अष्ट्रेलियाको स्थानीय समय अनुसार ३ बजे नेपालका लागि उडान गरेको नेपाली राजदुतावासका उपनियोग प्रमुख दू्रपदा साप्कोटाले जानकारी दिनु भयो ।

नेपालीहरुलाई सिडनीस्थित विमानस्थलमा नेपाली राजदुत महेश दाहाल, नेपाली दुतावासका यादव कोइराला, गैर आवासीय नेपाली संघका पूर्व क्षेत्रीय संयोजक धर्म अधिकारी र गैर आवासीय नेपाली संघ, न्यु साउथ वेल्सका संयोजक देव तमूलगायतले विदाई गर्नु भएको थियो ।

यसै गरी राजदूताबास बैककले पनि ले नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट १७ जुन २०२० मा २४७ जना र २३ जुन २०२० मा ७८ जना समेत जम्मा ३२५ जनालाई दुईवटा उडानबाट स्वदेश फर्काइएको जनाएको छ ।

राजदूताबासले हिमालय एयरलाइन्ससंगको समन्वयमा १७ जुन २०२० मा सिङ्गापुरबाट ११३ जना र कम्बोडियाबाट ३३ जनालाई स्वदेश फर्काइएको जनाएको छ ।

यसरी थाइल्याण्डबाट नेपाल फर्किएकाहरुमध्ये छोटो अवधिको इन्टर्नशिपमा आएका, विभिन्न विश्विवद्यालयहरुमा अध्ययन पुरा गरेका र अध्ययनरत विद्यार्थीहरु २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, बैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका २ जना,जेलमुक्त भएका १ जनार नावालक बच्चा ६ जना रहेको छन् ।

यसैगरी सिंङ्गापुरबाट नेपाल फर्किएकाहरुमध्ये जेलमुक्त भई नेपाल फर्कन स्वीकृति पाएका २१ जना, ट्रान्जिटमा अलपत्र परेका ७ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका १८ जना, रोजगारी समाप्त भएका ५६ जना र तालिममा आएका प्रशिक्षार्थी र विद्यार्थीहरु ९ जना समेत जम्मा ११३ जना रहेका छन् ।

त्यस्तै, कम्बोडियाबाट फर्किएकाहरु मध्ये वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका १३ जना, रोजगारी समाप्त भएका ९ जना, पर्यटक भिसामा आएका ९ जना र तालिममा आएका सरकारी अधिकृतहरु २ जना समेत जम्मा ३३ जना रहेको नेपाली दुतावास बैकक थाइलैण्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button