विविध विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न विधेयकहरु प्रमाणीकरण सम्वन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ती भएका विनियोजन विधेय २०७७, आर्थिक विधेयक २०७७, ऋण तथा जमानत २४ औं संशोधन विधेयक २०७७, तथा केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउनका लागि बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ राष्ट्रिय सभाबाट पारित भएको जानकारी गराउनुभयो ।
यसैगरी बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपाल नागरिकता पहिलो संशोधन विधेयक सम्वन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्नुभयो ।
बैठकले प्रधानमन्त्री के पि शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमायाँ तुम्बाहाम्फेले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा विधेयक २०७६ माथि विचार गरियोस भन्ने प्रस्ताव , राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको लोकसेवा आयोग विधेयक २०७५, राज्य ब्यबस्था तथा सुसासन समितिको प्रतिवेदन सहितको संघ प्रदेश र स्थानीय तह अन्तरसम्वन्ध व्यवस्थापन विद्ययक २०७६ तथा संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्र्तरसम्वन्ध विद्ययक २०७७ सर्वसम्मतले पारीत गरेको छ ।
त्यसअघि उक्त विधेयक माथि सांसदहरुले उठाउनुभएको प्रश्नको कानुन मन्त्री डाक्टर तुम्वाहाम्फेले जवाफ दिनुभएको थियो ।
त्यसअघि प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै अमरेशकुमार सिंहले हालै सर्लाहीको घटनाको बारेमा निष्पक्ष छानविनको माग गर्नुभयो ।
यसैगरी बैठकमा महेन्द्रकुमार राय यादव र प्रदिपकुमार यादवले नागरिकता संशोधन सम्वन्धी विधेयकले समस्या उत्पन्न हुन सक्ने हुनाले पुनर्विचार गर्न माग गर्नुभयो ।
दामोदर भण्डारीले कोरोना नियन्त्रणका लागि सरकार जिम्मेवारीका साथ काममा लागिरहेको भन्दै यस्तो प्रतिकुल अवस्थामा सबैले सहयोग गर्न माग गर्नुभयो ।
प्रेम सुवालले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) नेपालको हित विपरित भएको हुनाले खारेज हुनुपर्ने माग गर्नुभयो ।
डिना संग्रौला पन्तले स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूह संग भएको सम्झौतामा ठूलो भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो ।
पार्वती कुमारी विशंखेले दैलेख जिल्लामा कोरोना संक्रमितहरुलाई राख्ने क्वारेन्टाईन र अस्पताल नभएको भनी सरकारको ध्यानकर्षण गराउनुभयो ।
यस अगाडि सुन्य समयमा बोल्ने सांसदहरूले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन र क्वारेन्टाइन स्थल व्यवस्थित गर्न माग गर्नुभएको छ ।
बैठकमा भैरवबहादुर सिंहले सुदुरपश्चिम क्षेत्रमा भारतबाट फर्कनेको संख्या बढ्दै गएको हुनाले परीक्षणको क्षमता विस्तार गर्न माग गर्नुभयो ।
सांसदहरू मनकुमारी जिसी, मिना सुब्बा, मैनाकुमारी भण्डारी रंगमती शाहीलगायतले महिलाका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद मीनबहादुर विकले लकडाउनको अवधिलाई सुन्य समय मानेर कर, बैक व्याज, घरभाडा लगायतको छुट दिन माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्