पञ्चेश्वरमा सशस्त्र प्रहरीको (बिओपी) स्थापना हुने
बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । केही दिनभित्रै पञ्चेश्वर गाउँपालिका १ रोलघाटमा बिओपी स्थापनाको तयारी भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताउनुभयो ।
उक्त बिओपीको औपचारिक उद्घघाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले गर्नुहुने जनाईएको छ । पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा हाल सशस्त्रको पोष्ट खडा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यिय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको उक्त पोेष्टलाई नै बिओपीमा रुपान्तरण गरिन लागिएको हो ।








प्रतिक्रिया राख्नुहोस्