तपाईँ सुन्दै हुनुहुन्छः

नदी तथा खोलानाला आसपास सतर्क रहन राष्ट्रिय प्रकाेप व्यवस्थापन संजाल, नेपालकाे आग्रह

काठमाडौँ । राष्ट्रिय प्रकाेप व्यवस्थापन संजाल, नेपालले नागरिकहरुलाई वर्षा र बाढीबाट पूर्वतयारीसहित सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

जल तथा मौसम विज्ञान विभागले आज असोज ९ गतेदेखि ११ गतेसम्म नेपालका विभिन्न भागमा भारी वर्षा हुनसक्ने जनाएको थियाे।

विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग अर्थात् उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय मौसमी प्रणालीका कारण नेपालमा वर्षाको सम्भावना बढेको हो।

भारी वर्षाका कारण बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button