तपाईँ सुन्दै हुनुहुन्छः

टी–२० वरियतामा नेपाल दुई स्थान माथि उक्लियाे

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ ।

शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसिसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले दुई स्थान सुधार गरेको हो । आईसीसीको नयाँ वरियतामा नेपाल अब टी–२० अन्तर्राष्ट्रिय वरियताको चौधौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल वरियताको सोह्रौँ स्थानमा थियो ।

नेपालविरुद्धको हारले अफगानिस्तान नवौँबाट दशौँ स्थानमा झरेको छ ।

शुक्रवारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्‍यो । यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ । 

नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button