जलवायु सङ्कटबारे प्रधानमन्त्रीको धारणा सामयिक र सन्तुलित : नेता ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भोटेकोशी बाढीले निम्त्याएको विनाश, जलवायु सङ्कटका चुनौती, जलवायु न्याय र न्यायपूर्ण विश्व प्रणालीका विषयमा राख्नुभएको धारणा सामयिक र सन्तुलित रहेको बताउनुभएको छ।
नेता ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको सम्बोधनले नेपालले भोगिरहेको जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएको उल्लेख गर्नुभयो ।
उहाँले यस्तो संवेदनशील विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउन छिमेकी मुलुकसहित महत्वपूर्ण विकास साझेदारहरूसँग साइडलाइन बैठक गर्न सके अझ प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौती, क्षति तथा जोखिमका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्