दरौँदी नदिको खोँचबाट एकजनाको उद्धार

गोरखा । गोरखाको छेपेटार स्थित दरौँदी नदिको खोँचबाट एकजना पुरुषको उद्धार गरिएको छ । माछा मार्न भनि नदी किनारामा गएका पालुङ्टार नगरपालिका वडा नम्बर १ खोप्लाङका ३२ वर्षीया तर्केल लामाको उद्धार गरिएको गोरखाका प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान देखि खोँचमा फसेका लामाको केही समय अघि प्रहरीको सहयोगमा उद्धार भएको स्थानीय रमेश विष्टले बताउनुभयो । लामा छेपेटारमा बसोबास गर्दै आएका थिए । नदिमा पानीको सतह बढेपछि लामा जोखिममा परेका स्थानीय बुद्धदोङ तामाङको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्