तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षा र बाढी-पहिरोको जोखिम: देशभरका २६ जिल्लामा मुख्य सडक बन्द (सूचीसहित)

काठमाडौँ। लगातारको वर्षाका कारण हुन सक्ने बाढी तथा पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले देशभरका २६ जिल्लाका मुख्य सडक तथा राजमार्गहरूमा यातायात आवागमन बन्द गरिएको जनाएको छ।

गृह मन्त्रालय अन्तर्गतको प्राधिकरणले २०८३ असोज ९ गते सार्वजनिक गरेको सूचना अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त विवरणका आधारमा जोखिमयुक्त मुख्य सडकहरू बन्द गर्ने वा रात्रिकालीन आवागमन रोक्ने निर्णय गरिएको हो।

सडक बन्द गरिएका जिल्लाहरूको प्रदेशगत विवरण:

  • कोशी प्रदेश: ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुर
  • बागमती प्रदेश: दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, ललितपुर र चितवन
  • गण्डकी प्रदेश: लमजुङ र म्याग्दी
  • लुम्बिनी प्रदेश: रोल्पा, दाङ र रुकुम पूर्व
  • कर्णाली प्रदेश: रुकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश: बझाङ र बैतडी

उच्च सतर्कता अपनाउन गृहको अपील: मौसमविद्‌हरूले भारी वर्षाको प्रक्षेपण गरेसँगै सम्भावित दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक यात्रा नगर्न र जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारी साधन नचलाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

साथै, कुनै पनि आपत्कालीन अवस्था वा उद्धारका लागि विपद् हटलाइन १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button