अमरगढी नगरपालिकामा थपिए १४ जना कोरना संक्रमित

डडेल्धुरा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा अमरगढी नगरपालिकाका १४ जना नयाँ थप कोरोना संक्रमितहरु थपिएका छन । अमरगढी नगरपालिकाका १४ जना र अजयमेरु गाँउपालिकाकी २ बर्षिय बालिका गरि १५ जनाको रिपोर्ट सोमबार आएको छ ।
अमरगढी नगरपालिकाका संक्रमितहरु वडा नं. १० का ८ जना र वडा नं. ११ का ६ जना रहेको अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिनुभएको छ । अमरगढी नगरपालिकामा मात्रै कोरना सक्रमितको संख्या २० पुगेको छ ।
जिल्लाका ७ वटै स्थानीय तहहरुको तथ्याक हेर्ने हो भने डडेल्धुरा मा संक्रमितको संख्या २०२ पुगेको स्वास्थ्य कार्यालय डडेल्धुराका कोबिड १९ सम्पर्क ब्यक्ति हरिप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
अमरगढी नगरपालिकाले १८ दिन अघि स्वाब संकलन गरि काठमाण्ठौंको टेकु अस्पताल र कैलालीको सेती अस्पतालमा ४९२ जनाको स्वाब पठाएको भएपनि अहिले सम्म ५५ जनाको रिपोर्ट आएको जनाएको छ । स्वाब परिक्षणको नतिजा आउन ढिलाई भईरहेको हुदाँ समस्या भईरहेको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्यायले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्