तपाईँ सुन्दै हुनुहुन्छः

मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ अर्कुलमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आज दिउँसो करिब १२ः३० बजे बाह्रकिलोबाट बारपाकतर्फ जाँदै गरेको ग१ख ६३८० नम्बरको मालवाहक मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३५ प ०९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा पालुङटार नगरपालिका–१ खोप्लाङ निवासी २९ वर्षीय अनिल श्रेष्ठ गम्भीर घाइते भएका थिए ।  उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाएको थियो। अस्पतालमा दिउँसो १३ः५५ बजे भर्ना गरिएका श्रेष्ठलाई चिकित्सकले १४ः०० बजे मृत घोषणा गरेका हुन् । श्रेष्ठको शव प्रदेश अस्पताल गोरखामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे उनकी श्रीमतीलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मिनी ट्रकका चालक गोरखा नगरपालिका–१ ताप्ले निवासी ३१ वर्षीय दिलीप भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरी चौकी नयाँसाँघुबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको दुई जनाको टोलीले १४ः४५ बजे भट्टलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा ल्याएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button