तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहहरुले आँफै भीटीएम खरीद गरि स्वाब संकलन गर्दै


बैतडी । बैतडीमा स्वाब संकलनका लागि भीटीएम अभाव भएपछि स्थानीय तहहरुले आँफै भीटीएम खरीद गरेर स्वाब संकलन गर्न थालेका छन् ।

संघ र प्रदेश सरकारले तत्काल भीटीएम उपलब्ध गराउन नसक्ने जनाएपछि स्थानीय तहहरुले आँफैले भीटीएम खरीद गरेर स्वाब संकलनको काम गरिरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

जिल्लामा अहिले सम्म ९ हजार बढी नागरिकको आरडीटी जाँच गरिएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो । ती मध्ये १ हजार ५ सय बढी नागरिकको आरडीटी पोजेटिभ देखिएको छ । आरडीटी पोजेटिभ देखिएका नागरिकको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाउने गरिएको उहाँले बताउनुभयो । अहिले सम्म बैतडीमा १५८ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको छ । स्वाब पठाएका ७४१ जनाको अझै रिपोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button