राष्ट्रियसभा बैठक : अर्थ सम्बन्धी तीन विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले विभिन्न तिन वटा विषयमा विधेयक पारित गरेको छ ।
बैठकमा अर्थ मन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७, “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक–२०७७ लाई बैठकले पारित गरेको हो ।
बैठकले उक्त विधेयकहरूलाई मूल रूपमा नै सुझाव विना नै पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक–२०७६” सम्बन्धी समितिको प्रतिवेदन र “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक–२०७६” सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान ११ः०० बजे बस्ने छ








प्रतिक्रिया राख्नुहोस्