तपाईँ सुन्दै हुनुहुन्छः

भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाललाई प्रदान गरिने

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाललाई प्रदान गरिने भएको छ। 

भैरव पुरस्कार गुठीको आज बसेको बैठकले भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार रिजाललाई  प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ।

गुठीका अनुसार एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ । 

त्यस्तै , भैरव प्रतिभा पुरस्कार देवीप्रसाद चापागाईँलाई प्रदान गरिने गुठीका उपाध्यक्ष एवं साहित्यकार गोपालप्रसाद बरालले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि ५१ हजार एक सय ११ रुपैयाँ  रहेको छ । 

पुरस्कार वितरण यही असोज १८ गते आइतबार भैरव स्मृति भवनमा आयोजना गरिनेछ गुठीले जनाएको छ ।

पुरस्कार प्राप्तकर्ताको छनोटका लागि गुठीले साहित्यकार विमल अर्यालको संयोजकत्वमा सचिव वसन्त रिजाल र साहित्यकार प्रल्हाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button