चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ३ वटा शव फेला
काठमाडौँ । भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूकाे खाेजी गर्ने क्रममा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ३ वटा शव फेला परेको छ ।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले उपलब्ध जनशक्ति परिचालन गरी हेलिकप्टरमार्फत स्याफ्रूबेसी मा ड्रप गरिएको एक्स्काभेटर र लोडरबाट चट्टान फोडी करिब १,०५० मिटर बाटो निर्माण लेदो हटाइएको थियो।
लेदो हटाउने क्रममा टनेलको करिब ७० मिटरमा भित्रदेखि पानी निस्किरहेको फेला परेको र पानी निस्किएको प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह टनेलको माथिल्लो भागसम्म पुगेका कारण एक्स्काभेटर प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएको थियो।
गोताखोरसहितको टोलीले उक्त Hole बाट प्रवेश गरी टनेलको अन्तिम किनारासम्म खोजी गर्दा ३ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्