तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरमा जङ्गली हात्ती मृत फेला

झापा I झापाको मेचीनगरमा जङ्गली हात्ती मृत फेला परेको छ ।

मेचीनगर नगरपालिका ३ बाहुनडाँगीको पहलेधापस्थित धान खेतमा आज बिहान एउटा भाले हात्ती मृत फेला परेको हो ।

हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी टोली र वन कार्यालयको टोली पुगिसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button