तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा लगातार दुई पटक भूकम्प

काठमाडौँ । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेटमा कलाई आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्रमा केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

यसअघि भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button