तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नम्बर २ मा थप ७२ जना कोरोना संक्रमित

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशाला, केन्द्रिय प्रयोगशाला र जनकपुर अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा आज प्रदेश नम्बर २ का ५ जिल्लामा ७२ जना कोरोना संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा आज बारा जिल्ला सिम्रौनगढका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

यसैगरी केन्द्रीय प्रयोगशाला गरिएको परीक्षणको क्रममा सिरहाका ५७ जना, सप्तरीका २ जना र जनकपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ८ र महोत्तरीका २ गरी ७२ जना लाई आज कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्याध्यले बताउनु भयो ।

यस अघि प्रदेश २ मा २ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा थप ७२ पछि संक्रमितको संख्या २ हजार ९ सय ६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button